बिरगंजमा हैजा र लामखुट्टे नियन्त्रणका लागि युद्धस्तरको औषधि छर्कने अभियान सुरु

Date:

पर्सा पोस्ट, भदौ ११ गते, बीरगंज । बीरगंज महानगरपालिकामा हैजा र लामखुट्टे नियन्त्रणका लागि आजदेखि युद्धस्तरको औषधि छर्कने अभियान सुरु गरिएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा सुरु गरिएको उक्त अभियान महानगरपालिकाका सबै ३२ वटै वडामा एकैपटक सञ्चालन गरिने भएको छ ।

अभियानलाई प्रभावकारी बनाउन महानगरका सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानको नेतृत्वमा पाँचवटा गाडी र २० जनाको प्राविधिक तथा जनशक्ति परिचालन गरिएको छ ।
संयोजक खेतानले “हाम्रो लक्ष्य केवल सरसफाइ मात्र होइन, स्वस्थ र सुरक्षित बीरगंज निर्माण गर्नु पनि हो” भन्दै महानगरको जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, मेयर सिंहले हाल फैलिएको हैजा र लामखुट्टेको समस्या न्यूनीकरण गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै जनताले छिट्टै यसको सकारात्मक परिणाम अनुभव गर्ने बताउनुभयो । यससँगै बीरगंज महानगरले सरसफाइ, जनचेतना र रोग नियन्त्रणलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...