बिरगंजमा गुडविल सोसाइटीद्वारा ३५०० बिरुवा बितरण

Date:

पर्सा पोस्ट, भदौ ०७ गते, वीरगंज । वीरगंज महानगरपालिका–२ र ३१ का वासिन्दालाई हराभरा बनाउन गुडविल सोसाइटी संस्थाले ३५०० बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत आम्बा, आम्ला, सखुवा, सिसो लगायतका बिरुवा स्थानीयलाई निःशुल्क रूपमा वितरण गरिएको थियो।

सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साको महत्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रममा अध्यक्ष आलमले हराभरा वातावरण सिर्जना गर्नु मुख्य उद्देश्य भएको बताउँदै भने, “हामीले आज वितरण गरेका बिरुवाहरूले केवल वातावरण सुन्दर बनाउने मात्र होइन, भविष्यमा हरियाली र स्वस्थ वातावरणको सुनिश्चितता गर्नेछन्।”

सो अवसरमा सहभागी स्थानीयवासीहरूले कार्यक्रमको प्रशंसा गर्दै बिरुवा संरक्षण र हेरचाहमा सक्रिय रहने प्रतिबद्धता जनाए।

गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि यस्ता पर्यावरणीय कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...