पर्सा पोस्ट, भदौ ०७ गते, वीरगंज । वीरगंज महानगरपालिका–२ र ३१ का वासिन्दालाई हराभरा बनाउन गुडविल सोसाइटी संस्थाले ३५०० बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत आम्बा, आम्ला, सखुवा, सिसो लगायतका बिरुवा स्थानीयलाई निःशुल्क रूपमा वितरण गरिएको थियो।
सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साको महत्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रममा अध्यक्ष आलमले हराभरा वातावरण सिर्जना गर्नु मुख्य उद्देश्य भएको बताउँदै भने, “हामीले आज वितरण गरेका बिरुवाहरूले केवल वातावरण सुन्दर बनाउने मात्र होइन, भविष्यमा हरियाली र स्वस्थ वातावरणको सुनिश्चितता गर्नेछन्।”

सो अवसरमा सहभागी स्थानीयवासीहरूले कार्यक्रमको प्रशंसा गर्दै बिरुवा संरक्षण र हेरचाहमा सक्रिय रहने प्रतिबद्धता जनाए।
गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि यस्ता पर्यावरणीय कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।