बिरगंजमा कुम्हालटोल टोल सुधार समितिद्वारा १३ औं निसुल्क भोजन शिबिर सम्पन्न

Date:

पर्सा पोस्ट, भदौ ०७ गते, वीरगन्ज । दिन–दुखी, असहाय र विपन्न समुदायको सेवा–सहयोगका लागि कुम्हालटोल टोल सुधार समिति वीरगन्ज–७ ले निरन्तरता दिँदै १३औं निशुल्क भोजन शिविर सम्पन्न गरेको छ।

रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिर नजिक आयोजित भोजन शिविरमा बाटोमा हिँड्ने यात्रु, रिक्साचालक, ठेला–इ–रिक्सा चालक, गरिब तथा असहायलाई दाल–भात, बेसन आलु तरकारी र भुटेको खुर्सानी अचार वितरण गरिएको थियो।

समितिका अध्यक्ष नन्दलाल अहिरले आगामी दिनमा प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभई हरेक १५ दिनमा र अन्ततः प्रत्येक शनिबार भोजन शिविर सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले मानवताप्रेमी सहयोगी हातहरुलाई हातेमालो गर्न आग्रहसमेत गरे।

कार्यक्रममा समाजसेवी मनोज मिश्रले यस्ता सुकार्यले दिन–दुखी असहायलाई जीवनयापन सहज हुने र मानवता बलियो बन्ने भएकाले सबैलाई सेवामा जोडिन आग्रह गरे।

निशुल्क भोजन शिविर अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथी सेवकका रूपमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अमरटोल टोल सुधार समितीका सचिव नवराज भट्टराई लगायत समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकारहरू श्रवणबहादुर रायमाझी, गोबिन्द ताम्राकार तथा स्थानीय अग्रज, युवाहरूको बाक्लो सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...