छ्पकैया नेपाली समाजद्वारा तीज पर्वको अवसरमा भब्य दर खाने कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, भदौ ०८ गते, वीरगंज । महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज वीरगंजस्थित छ्पकैया नेपाली समाजले भव्य दर खाने कार्यक्रम तथा सांस्कृतिक नाचगानसहितको रमाइलो आयोजना गरेको छ।

कार्यक्रम छ्पकैया नेपाली समाजका अध्यक्ष धिरज शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने, सचिव अजित भुजेल, कोषाध्यक्ष सीता प्रसाईं, सदस्यहरू प्रकाश शाह, शम्भु थापा र कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो।

छ्पकैया वडा नं. २ स्थित श्रीसंसारी माई मन्दिरको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा महिलाहरूले दर खाँदै, नाचगान गर्दै उल्लासपूर्वक तीज मनाए।

महिलाहरूको खुशी झल्कियो
कार्यक्रममा सहभागी महिला वडा सदस्य श्रीमती संगीता थापाले “बर्षमा एकपटक सबै दिदीबहिनीहरू एउटै ठाउँमा भेला भई रमाइलो गर्न पाउनु तीजकै विशेषता हो, जसले आत्मीयता र खुशी बढाउँछ” भन्ने धारणा राखिन्।

त्यस्तै, कार्यक्रमकी सक्रिय सहभागी शारदा थापाले छ्पकैया नेपाली समाजले हरेक वर्ष आयोजना गर्ने दर खाने र सांस्कृतिक कार्यक्रममार्फत महिला दिदीबहिनीबीच आपसी सद्भाव, माया–प्रेम र मिलनको अवसर उपलब्ध गराएकोमा आभार व्यक्त गरिन्।

१२५ जना महिलाको सहभागिता
समाजले विगतका वर्षझैँ यस वर्ष पनि दर खाने कार्यक्रम निरन्तरता दिएको छ। यस पटक करिब १२५ जना महिला दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।
यसरी तीज पर्वको अवसरमा गरिएको सामूहिक दर खाने कार्यक्रमले समाजमा एकता, संस्कृतिको संरक्षण र महिला सशक्तीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...