बिरगंज पब्लिक कलेजको २५ वर्षे उत्कृष्टता उत्सवमा ” कर्पोरेट लिडर्स मिट ” सम्पन्न

Date:

पर्सा पोस्ट, साउन ३० गते, बिरगंज । बिरगंज पब्लिक कलेजले आफ्नो २५ वर्षको शैक्षिक उत्कृष्टताको अवसरमा शुक्रबार विशेष कार्यक्रम ‘कर्पोरेट लिडर्स मिट’ आयोजना गरेको छ। कार्यक्रममा उद्योग र शैक्षिक क्षेत्रबीचको अन्तर घटाउने विषयलाई मुख्य एजेन्डा बनाई विस्तृत छलफल भएको थियो।

#उद्योग–शिक्षा अन्तर घटाउनेमा जोड-

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका प्रतिष्ठित उद्योगपति, व्यापारिक घराना, विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम र कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दिपक शाक्यले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।
कलेजका सहायक प्रमुख डा. अरविन्द श्रेष्ठले स्वागत मन्तव्य दिँदै २५ वर्षको शैक्षिक यात्रामा कलेजले हाँसिल गरेका उपलब्धिहरू र भविष्यमा उद्योगसँग सहकार्यका योजनाबारे जानकारी प्रस्तुत गरे।

#प्यानल छलफल र सुझाव-

प्यानल डिस्कसनमार्फत कर्पोरेट र शैक्षिक संस्थाबीच आवश्यक सीप, व्यवहारिक अनुभव र बजारको माग अनुसार पाठ्यक्रम परिमार्जनको आवश्यकता औंल्याइएको थियो। उद्योग–शिक्षा अन्तर घटाउन नियमित संवाद, इन्टर्नशिप, तालिम, अनुसन्धान र संयुक्त परियोजनामा सहकार्य गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।
मुख्य वक्ता हरि प्रसाद गौतम, टंक भट्टराई, सुरेन्द्र बतास र थानेश्वर सापकोटा रहेका थिए भने डा. वासु कर्णले मोडरेटरको भूमिका निर्वाह गरे।

# सम्मान र समापन-

सोही अवसरमा कलेजले विभिन्न क्षेत्रका कर्पोरेट लिडर्सलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गर्यो। क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले समापन तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताको प्रशंसा गरे।

कलेजले उद्योग र शैक्षिक जगतबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता पनि सार्वजनिक गरेको छ। कार्यक्रमको सहजीकरण कलेजका वरिष्ठ प्राध्यापक महेश्वर हाडाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...