मदरल्यान्ड स्कुलमा जन्मास्टमीको विशेष झाँकी कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, साउन ३० गते , बिरगंज  । बिरगंज –३ स्थित मदरल्यान्ड स्कुलमा आज श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष झाँकी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता अभिभावक समिति अध्यक्ष राजकुमार साहले गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश संगठन विभागका उप–प्रमुख प्रमोद रायमाझी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेशनल प्याब्सन, वीरगञ्ज नगर अध्यक्ष सोनालाल पटेलको पनि विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अनिकेत सर्राफले राखेका थिए भने सञ्चालन विद्यालयका लेखापाल विजेता चौधरीले गरेका थिए।

विद्यार्थीहरूले राधा–कृष्णको बाल–लीला र विभिन्न धार्मिक प्रसंग झल्काउने आकर्षक झाँकीहरू प्रस्तुत गरेका थिए।

रंगीचंगी पहिरन, नृत्य, भजन र अभिनय मार्फत विद्यार्थीहरूले भगवान् श्रीकृष्ण र राधाको जीवनका प्रेरणादायी घटनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दा उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरू मन्त्रमुग्ध बनेका थिए।

विद्यालयका सञ्चालकहरूले कार्यक्रममा प्रस्तुत गरिएका झाँकीले विद्यार्थीहरूको सिर्जनशीलता, सांस्कृतिक चेतना र धार्मिक मूल्यप्रति समर्पणलाई अझ प्रोत्साहन गरेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...