नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल ईन्स्योरेन्स बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Date:

पर्सा पोस्ट, साउन २९ गते, बीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि. बीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच एक वर्षे स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा बीमा सुविधाबाट लाभान्वित हुनेछन्। साथै, विरामीको सहज पहुँच सुनिश्चित गर्न दुवै संस्थाले आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएका छन्।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।

उक्त अवसरमा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर उपस्थित थिए।

सम्झौतापछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...