०८४ निर्वाचनमा महिला पहिला : पर्सामा हस्ताक्षर अभियान तिव्र

Date:

अजित कुमार भुजेल, साउन २६ गते, बिरगंज।अन्तरपुस्ता महिला संजाल र टेवा संस्थाको निर्देशनमा, दलित महिला संघ पर्साको पूर्ण टिमको नेतृत्वमा “०८४ को निर्वाचनमा महिला पहिला हुनुपर्छ” भन्ने उद्देश्यका साथ गाउँ–गाउँमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ।

दलित महिला संघकी संस्थापक अध्यक्ष निला कुमारी रामको नेतृत्वमा सुरु गरिएको यो अभियान हालसम्म बिरगंज  महानगरपालिकाका १० वडामा सम्पन्न भइसकेको छ। अभियानमा स्थानीय महिला, युवती र समुदायका विभिन्न वर्गका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।

अध्यक्ष रामका अनुसार, “०८४ को निर्वाचनमा महिलाको अग्रभूमि सहभागिता सुनिश्चित गर्न सबै तह–तप्काका नागरिकको समर्थन आवश्यक छ। यसका लागि हामी गाउँ–गाउँमा पुगेर महिला नेतृत्वको आवश्यकता बारे जनचेतना फैलाउँदैछौं।”

हालसम्मको प्रगति अनुसार ३६५ जनाले हस्ताक्षर गरिसकेका छन्। संघले आगामी दिनमा पर्सा जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ।

यस पहल मार्फत दलित महिला संघ पर्साले महिला सशक्तीकरण, समान राजनीतिक सहभागिता, र लैंगिक समानताको पक्षमा व्यापक जनमत निर्माण गर्ने लक्ष्य लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...