बिरगंज -७ कि ४५ बर्षिया महिला तीन दिनदेखि बेपत्ता

Date:

पर्सा पोस्ट, समाचार, बिरगंज। पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–७, रेशमकोठी टोलकी ४५ वर्षीया ममता शर्मा गत आइतबारदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार, २५ साउन दिउँसो करिब २ बजे घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। उनका पति उमाशंकर शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै विभिन्न नम्बरबाट सम्पर्क गर्ने प्रयास गरे पनि पछिल्ला तीन दिनदेखि ममतासँग कुनै सम्पर्क हुन नसकेको बताएका छन्।

परिवारका सदस्यका भनाइअनुसार, घटना हुनु एक दिनअघि घरमा सामान्य विवाद भएको थियो। त्यसपश्चात ममताले आफ्नो ह्वाट्सएप प्रोफाइलमा “मैया मै आरही हुँ” लेखेकी थिइन् र त्यसयता सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएको छ। “निवेदन प्राप्त भएको छ, खोजतलास भइरहेको छ,” प्रहरी स्रोतले प्रतिक्रिया दिएको छ।

शर्मा परिवारले ममता शर्माबारे कुनै जानकारी पाउने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा परिवारसँग तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...