बिरगंज -७ कि ४५ बर्षिया महिला तीन दिनदेखि बेपत्ता

Date:

पर्सा पोस्ट, समाचार, बिरगंज। पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–७, रेशमकोठी टोलकी ४५ वर्षीया ममता शर्मा गत आइतबारदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार, २५ साउन दिउँसो करिब २ बजे घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। उनका पति उमाशंकर शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै विभिन्न नम्बरबाट सम्पर्क गर्ने प्रयास गरे पनि पछिल्ला तीन दिनदेखि ममतासँग कुनै सम्पर्क हुन नसकेको बताएका छन्।

परिवारका सदस्यका भनाइअनुसार, घटना हुनु एक दिनअघि घरमा सामान्य विवाद भएको थियो। त्यसपश्चात ममताले आफ्नो ह्वाट्सएप प्रोफाइलमा “मैया मै आरही हुँ” लेखेकी थिइन् र त्यसयता सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएको छ। “निवेदन प्राप्त भएको छ, खोजतलास भइरहेको छ,” प्रहरी स्रोतले प्रतिक्रिया दिएको छ।

शर्मा परिवारले ममता शर्माबारे कुनै जानकारी पाउने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा परिवारसँग तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...