पर्सा पोस्ट, समाचार, वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

फोनिज मधेस प्रदेश समितिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार वीरगन्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जको स्थानीय होटल गेटवेमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका महासचिव बृजमान तामाङ सहित १२ जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये वरिष्ठ प्रहरी नायव निरीक्षक डिकर देव पन्त, पत्रकार राजेश कुमार साह,फोनिज पर्सा कोषाध्यक्ष सन्जय दास थारु , सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत, खुशीनन्दन चौधरी, पुजन चौधरी, राजेन्द्र प्रसाद कुमार गुप्ता, अजय महतो र राहुल कुमार लायोमगर रहेका छन्।

मधेस प्रदेशका अध्यक्ष दुश्यन्त चौधरीको अध्यक्षता भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए।

सो कार्यक्रममा रेडक्रस पर्सा शाखा सभापति बृजकिशोर पटेल, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी राजेन्द्र भट्टराई, एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान, समाजसेवी वीर शम्शेर प्रसाद कुर्मी, सरोज केसी, रक्त सञ्चार केन्द्रका धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, नितेश यादव, सन्तोष पटेल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, फोनिजका सप्तरी अध्यक्ष कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ, पर्सा शाखाका निवर्तमान अध्यक्ष अजित कुमार भुजेल, जगत राई, जिल्ला सचिब एन्जल चौधरी, प्रदेश सदस्य सम्भु महतो थारु लगायत मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव बृजमान तामाङले गरेका थिए भने स्वागत उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन्।