कैदी राहुल साह तुराहाको उपचारमा ढिलाइ पछी मृत्यु भएको आरोप सहित आफन्तको प्रदर्शन

Date:

पर्सा पोस्ट, वीरगञ्ज । बिरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार बिरगंज महानगरपालिका वडा न.२५ खाल्वा टोलका कैदी राहुल साह तुराहाको मृत्यु भएको छ। २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार जन्मकैदको सजाय भोगिरहेका राहुललाई कारागारमा व्यायाम गर्ने क्रममा स्वास्थ्य समस्या देखिएपछि तत्काल नारायणी अस्पताल ल्याइएको थियो।

अस्पतालले प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रेफर गरेको भए पनि, आफन्तका अनुसार रेफर प्रक्रियामा ढिलाइ भयो र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति दिएन। उनीहरूको दाबीमा, एम्बुलेन्समा राख्ने क्रममा प्रहरीले रोकेर अस्पतालमै राखेपछि उपचारमा ढिलाइ भई मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, “अन्य अस्पताल लैजाने प्रक्रिया पूरा गर्ने क्रममा नै उनको मृत्यु भएको” हो। मृत्युपछि आफन्तले अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेपछि केही समय तनाव सिर्जना भए पनि स्थिति सामान्य भएको जनाइएको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ।

मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् भने नारायणी अस्पताल प्रशासनले राहुललाई सम्भव भ्याएसम्म उपचार प्रदान गरी तत्काल रेफर गरिएको दाबी गरेको छ। हाल जिल्ला प्रशासन कार्यालय पर्सामा आफन्त र प्रशासनबीच छलफल भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...