बिरगंज कपडा बैंकद्वारा शुक्रबार घन्टाघरमा निसुल्क कपडा बितरण , भदौमा बार्षिकोत्सवमा सहयोगिहरुलाई सम्मान गर्ने

Date:

अजित कुमार भुजेल, श्रावण १४ गते, बिरगंज ।बिरगंज कपडा बैंकले यस श्रावण १६ गते शुक्रबार साँझ ५:३० बजे बिरगंजको घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रम गर्ने भएको छ । साथै भदौ महिनामा वार्षिकोत्सव भव्य रूपमा मनाउँदै अभियानमा सहयोग गर्ने दाता, शुभेच्छुक, सञ्चारकर्मी र स्वयंसेवकलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले घण्टाघरमा निशुल्क कपडा वितरणको निर्णय गरेको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए । बैंकले विगत ६ वर्षदेखि शनिबार बाहेक हरेक दिन बिहान १०:३० देखि बेलुकी ५:३० बजेसम्म वीरगंज–८ स्थित कार्यालयबाट गरिब र असहायलाई कपडा उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग बढी कपडा छ, हामीलाइ दिनुस्; जसलाई चाहिन्छ, नि:शुल्क लिनुस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गरिब तथा असहायको सेवा गर्नु सबैको दायित्व भएको बताए ।

अध्यक्ष लालबाबू सिंहले हालै मात्र धोबिनी गाउँपालिका–५ का आगलागी पीडितलाई लत्ताकपडा, कम्बल, खाद्यान्न र नगद सहयोग गरिएको उल्लेख गर्दै दिनदुःखीहरूको सेवामा सबैलाई सहभागी हुन आग्रह गरे ।

बैठकमा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, श्रवण बहादुर रायमाझी, बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी ,  सदस्यहरु हरेन्द्र पटेल , निला कुमारी राम , सन्जय मन्डल , नवराज भट्टराई , जानकि देबि , राजेश श्रीवास्तव , अभिलाष गुप्ता ,कर्मचारी सोभा देबि लगायत   स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...