ट्राफिक प्रहरीलाई ७०० थान कालो चस्मा बितरण , बढ्दो गर्मीमा सहज कार्य वातावरणका लागि सहयोग

Date:

अजित कुमार भुजेल, श्रावण १४ गते, बिरगंज । बढ्दो गर्मी र घाममा कार्यरत ट्राफिक प्रहरीलाई सहज वातावरणमा काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ ।

संघमार्फत ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चस्मा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

वितरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पर्सा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टसहित आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो ।

ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साह, विभिन्न वडाका अध्यक्षहरू पनि कार्यक्रममा सहभागी थिए । आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीले वितरण कार्यक्रमबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै सभापति रविन्द्रलाल चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग पुनर्निर्माणका कारण ट्राफिक प्रहरीलाई झन् कठिनाइ हुने भएकाले सम्पूर्ण मधेस प्रदेशभरका ट्राफिक प्रहरीलाई चस्मा वितरण गरिएको हो । यो अभियान आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।”

प्रहरी उपरीक्षक राजकुमार सिलवालले चस्माले ट्राफिक प्रहरीलाई कार्यक्षेत्रमा सहजता प्रदान गर्नुका साथै घाम, धूलो र आँखाका समस्या कम गर्न सहयोग गर्ने बताए ।

ईश्वरपुर नगरप्रमुख आचार्यले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षामा दिनरात खटिने ट्राफिक प्रहरीप्रति स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

यस अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति चौधरी, बागमती प्रदेश सभापति पौडेल र चार्टर्ड एकाउन्टेन्ट देव राज पन्तलाई नगरपालिकाले सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख शुगेन्द्र महतोले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...