एसपी पुरन चन्द्र भट्टको सक्रियतामा बिरगंज सिमाक्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी

Date:

अजित कुमार भुजेल, श्रावण १४ गते, बिरगंज ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले पदभार सम्हालेसँगै वीरगञ्ज सीमाक्षेत्रमा तस्करी नियन्त्रण, सुरक्षा निगरानी र रणनीतिक गतिविधिहरू थप प्रभावकारी बनेका छन्।

उनको नेतृत्वमा खटिएको टोलीले २०८२ साउन १४ गते भारतबाट भन्सार छली ल्याइएको करिब रु. ६,७७,६३६ बराबरको मोबाइल पार्ट्स तथा त्यस कार्यमा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो। उक्त कारबाही वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी चोक क्षेत्रमा गरिएको हो।

यस अपरेसनले सशस्त्र प्रहरी बलको समयमै प्रतिकार्य, उच्च सतर्कता र सशक्त उपस्थिति पुष्टि गरेको छ। एसपी भट्टलाई एक कुशल रणनीतिकार, संगठित अपराध विरुद्ध कठोर कदम चाल्ने र निष्पक्ष कारबाही गर्न सक्ने अधिकारीको रूपमा चिनिन्छ।

पदभार ग्रहण गरेलगत्तै उनले सीमाक्षेत्रमा भइरहेका साना–ठूला अवैध कारोबार, भन्सार छल, तस्करी लगायतका गतिविधिमा तत्काल प्रतिक्रिया दिने प्रणाली विकास गर्न निर्देशन दिएका छन्।

सुरक्षा संयन्त्रलाई मजबुत बनाउँदै उनका सक्रिय पहलका कारण न केवल तस्करी नियन्त्रणमा सफलता मिलिरहेको छ, बरु सीमावासी जनतामा सुरक्षाको प्रत्याभूति दिने वातावरण समेत बनेको देखिन्छ।
सशस्त्र प्रहरी बल, पर्साले आगामी दिनमा पनि सूचना–आधारित, समन्वयपूर्ण र परिणाममुखी अपरेसनलाई निरन्तरता दिने जनाएको छ।

एसपी भट्टले “निष्पक्षता, समर्पण र सशक्त कारबाही” लाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाउँदै सीमाक्षेत्रको सुरक्षा व्यवस्थामा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...