अपाङ्ग श्रेष्ठलाई उपकार सेवा नेपालको सहयोगमा खाद्यान्न सामाग्री सहयोग

Date:

अजित कुमार भुजेल, श्रावण १२ गते , बिरगंज । सामाजिक उत्तरदायित्व अन्तर्गत उपकार सेवा नेपालले बिरगंज महानगरपालिका–७ कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।

लामो समयदेखि रोगले थलिएका श्रेष्ठको खुट्टा काट्नुपर्ने अवस्था आएको र अहिले शारीरिक रूपमा निकै कमजोर भई अपाङ्गता अवस्थामा पुगेका कारण उनी अत्यन्त कठिन परिस्थितिमा जीवन यापन गर्दै आएका छन्। आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवन धान्न समेत समस्या भइरहेको देखिएपछि उपकार सेवा नेपालले एक बोरा (३० किलो) चामल, दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री उनको घरमै पुगेर हस्तान्तरण गरेको हो।

सहयोग कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले गर्नुभयो। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवण बहादुर रायमाझी र रितेश गुप्ता लगायतको उपस्थिति थियो।
स्थानीय बासिन्दा र सहभागीहरूले संस्थाले गरेको यो मानवीय कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...