पर्साकि अपांग महिलालाई माहेश्वरी समाज र रोटरी क्लबको सहयोगमा निसुल्क कृत्रिम खुट्टा

Date:

अजित कुमार भुजेल, बिरगंज । माहेश्वरी समाज बिरगंजका अध्यक्ष प्रकाश बाहेतीको पहलमा रोटरी महावीर जयपुर लिंब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहयोगमार्फत पर्सा जिल्लाकी एक अपांग महिलाले निःशुल्क तल्लो कृत्रिम खुट्टा प्राप्त गरेकी छन्।

मानवीय सेवामूलक यो अभियानलाई सफल बनाउन सह–आयोजक तथा स्थानीय संयोजकको रूपमा रोटरी क्लब बीरगंजले प्रमुख भूमिका निर्वाह गर्दै आएको छ। क्लबका अध्यक्ष रोटेरियन गोपाल खेतानका अनुसार यस अभियानमार्फत अपांगता भएका नागरिकहरूलाई पुनः आत्मनिर्भर जीवन यापन गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

उनले रोटरी क्लब सधैं समाजसेवामा समर्पित रहेको र आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाउन योजना रहेको जानकारी दिए। माहेश्वरी समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगी पहलले अपांग व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा माहेश्वरी समाजका सदस्य तथा पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। रोटरी क्लब बीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं अपांग व्यक्ति लाभान्वित भइसकेका छन्।

विज्ञहरूका अनुसार, एउटा कृत्रिम खुट्टा प्रत्यारोपण गर्न औसत रु. १६,५०० बराबरको खर्च हुने भए पनि यो अभियानमार्फत निःशुल्क उपलब्ध गराइँदै आएको छ। क्लबका सचीव रोटेरियन राकेश मिश्राका अनुसार, यस प्रकारको सहयोगले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशा र आत्मसम्मान जगाउने कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...