अजित भुजेल, बिरगंज । तस्करसँग घुसको लेनदेन गरेको अडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय हिरापुर, सर्लाहीमा कार्यरत प्रहरी सई बैधनाथ दास निलम्बनमा परेका छन्।
सर्लाहीका तस्कर राजिव यादवसँग मिलेमतो गरी तस्करी कार्यमा सघाउने प्रयोजनका लागि सई दासले प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उनलाई कारबाही प्रक्रिया अघि बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार शुक्रबार बिहान अडियो सार्वजनिक भएलगत्तै प्रमाण नष्ट हुन नदिन मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयलाई निलम्बन सिफारिस गरिएको हो।
सई दासको स्थानमा छिट्टै अर्को सई खटाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।