बिरगंज कपडा बैठकद्वारा जगरनाथपुर आगलागी पीडितलाई राहत सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंज  कपडा बैंकले पर्साको धोबिनी गाउँपालिका–५ जगरनाथपुर टोलका आगलागी पीडित अशेसर दासलाई राहत स्वरूप लत्ताकपडा र नगद सहयोग प्रदान गरेको छ।

बैंकको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, अध्यक्ष लालबाबु सिंह, कोषाध्यक्ष मनोज मिश्र र सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले राहत सामग्री हस्तान्तरण गरेका हुन्।

राहत सामग्रीमा २ बोरा लत्ताकपडा, २ थान कम्बल, २ थान झुल, ओछ्याउने म्याट र नगद ६ हजार ५ सय रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ।

सो अवसरमा अधिवक्ता कुर्मिले “तपाईं संग धेरै छ भने हामीलाइ दिनुस, र तपाईंलाई जरुरी छ भने हामीसँग निःशुल्क लिनुस” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ६ वर्षदेखि विपन्न र असहायको सहयोगमा कार्य गर्दै आएको जानकारी दिए। उनले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत भाग मानवताको सेवामा खर्च गर्न आग्रह गर्दै यस्तो सहयोग नै सर्वोत्तम धर्म भएको बताए।

गत असार महिनामा चट्याङ लागेर अशेसर दासको घरमा आगलागी हुँदा घरसहित नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडाकुडा, टिभी, सिलाइ मेसिन, पंखा, बिजुलीको मिटर लगायत सबै सामग्री जलेर नष्ट भएको थियो। यस घटनामा करिब ५ लाख बराबरको क्षति भएको कोषाध्यक्ष तथा पत्रकार मनोज मिश्राले बताए।

सल्लाहकार अधिवक्ता उपाध्यायले आपत्–विपत् पिडितको सहयोगमा सबैको हातेमालो भए मात्र मानवता बलियो हुने उल्लेख गर्दै कपडा बैंकको अभियानमा साथ दिन आग्रह गरे।

कार्यक्रममा अध्यक्ष सिंहले दाता, शुभेच्छुक तथा सहयोगीहरूलाई आभार व्यक्त गर्दै आगलागी पीडितको घर पुनर्निर्माणका लागि पनि सहयोग गर्न अपील गरे।

सहयोग ग्रहण गर्दै पीडित अशेसर दासले आगलागीले सम्पूर्ण सम्पत्ति नष्ट भएपछि हाल छिमेकीको गोठमा आश्रय लिनु परेको बताउँदै बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले, “यो सहयोग जीवनभर बिर्सन सक्दिनँ,” भन्दै धन्यवाद ज्ञापन गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...