बिरगंजमा मुनलाईट स्कुलमा विशेष संवाद तथा वक्तुत्वकला प्रतियोगिता सम्पन्न

Date:

अजित कुमार भुजेल, बिरगंज । बिरगंजस्थित मुनलाइट स्कुलमा आज एक विशेष संवाद तथा वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूमा आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको प्रतियोगिता वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको अध्यक्षता रहेको थियो। उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख लोकराज भट्ट, मुनलाइट स्कुलका प्रिन्सिपल श्याम केसी, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, सावित्री भुमियार, तारा बिष्ट, ईन्दिरा पोखरेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मबल र नेतृत्व क्षमताको विकासमा मद्दत गर्ने उल्लेख गरे। साथै उनले यस्ता कार्यक्रमले समाजमा सुरक्षाबोध र जिम्मेवारीपूर्ण नागरिक बन्ने चेतना जगाउने बताए।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...