चित्रान्श परिवारद्वारा अक्षयकोष स्थापना गर्न ५ लाख ५ हजार सहयोग , छात्रवृत्ति र उपचारमा खर्चिने

Date:

अजित कुमार भुजेल,साउन ०७ गते, बीरगन्ज । गरीब, जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश परिवारले चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष स्थापनार्थ ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

बीरगन्ज महानगरपालिका–३ निवासी सुशील कुमार लाल, गगन मोहन लाल, अजित मोहन लाल र खड्ग मोहन लालले आफ्ना दिवंगत भाइ स्वर्गीय सुर्य मोहन लालको चिरस्मृतिमा उक्त सहयोग रकम चित्रगुप्त समितिलाई प्रदान गरेका हुन्। सुर्य मोहन लालको केही वर्षअघि एक सडक दुर्घटनामा दुःखद निधन भएको थियो।

बुधबार दाता परिवारको तर्फबाट गगन मोहन लालले समितिका अध्यक्ष महेश दासलाई ५ लाखको चेक औपचारिक रूपमा हस्तान्तरण गरे। सो अवसरमा स्व. सुर्यमोहन लालका भतिजो मनिष सुमनले आफ्नो अविवाहित काकाको अंश स्वरूपको रकम समाजसेवामा खर्च गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

“काकाको सम्झनामा गरिब तथा मिहिनेती विद्यार्थीहरूलाई छात्रवृत्ति र गम्भीर अवस्थाका विरामीहरूलाई औषधि उपचारमा सघाउने सोचले हामीले यो सहयोग गरेका हौं,” भतिजो सुमनले बताए।

समितिका अध्यक्ष महेश दासले दाताहरूको यो योगदान समाजप्रति समर्पित प्रेरणादायी कार्य भएको बताउँदै प्राप्त कोषबाट आर्थिक रूपले कमजोर तर मिहिनेती विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने तथा अति आवश्यक अवस्थामा रहेका विरामीहरूलाई उपचारमा सहयोग गरिने स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...