लागू औंषधसहित दुई युवा सिम्रौनगढबाट पक्राउ

Date:

अजित कुमार भुजेल, कलैया (बारा)। बाराको सिम्रौनगढ नगरपालिका–९ पिठवा नजिकै भारतबाट प्रतिबन्धित लागू औषध नेपाल भित्र्याउँदै गरेका दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–१, धुर्वा टोल निवासी २० वर्षीय राजेश गुप्ता र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७, खड्का टोल निवासी २४ वर्षीय नसिर अंसारी रहेका छन्।

उनीहरू ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा पक्राउ परेका हुन्। प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकलमा पछाडि सवार अंसारीको साथमा रहेको स्याउको दुई वटा कार्टुन जाँच गर्दा उक्त कार्टुनभित्र लुकाइएको अवस्थामा लागू औषध फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बरामद लागू औषधमा नोफिन १,६०० पिस, फेनारगन १,६०० पिस र डाइजोपाम १,६०० पिस रहेका छन्। पक्राउ परेका दुबै युवालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...