अजित कुमार भुजेल, वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका कार्यालयको आयोजनामा र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१० को सहकार्यमा “डुंगा सञ्चालन कार्यक्रम” सम्पन्न भएको छ।
यो कार्यक्रमले छिमेकी देश भारतको रक्सौल नाका हुँदै वीरगंज जिल्ला हुलाक कार्यालयसम्मको क्षेत्रलाई हरियाली र सफा राख्ने उद्देश्य लिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंजका नगर प्रमुख राजेश मान सिंह रहे भने अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए।
कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी लगायत करिब २५० जनाको उपस्थिती रहेको थियो।
कार्यक्रममा भारतका महावाणिज्य दूतावास वीरगंजका डिएस मिना , सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, जेष्ठ नागरिक जगदीश शर्मा, नगर प्रहरी निरीक्षक हरि प्रसाद भुसाल, सरसफाइ अधिकृत सर्फुदिन मिया, वातावरण शाखा अधिकृत प्रकाश एरि, योजना प्रमुख प्रकाश अमात्य, ग्रीनसिटीका सदस्य सुशील कादमिया, राकेश अग्रवाल, कैलाश बजाज, त्रिलोक चन्द दरूका, मुकेश खेतान, नेपाल इनोभेटीकाका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति थियो।
त्यसैगरी विभिन्न सञ्चारकर्मी सुश्मीता यादव, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष रंजितकार, राज सर्राफ, जेष्ठ नागरिक वसन्त प्रसाद उपाध्याय, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे, प्रहरी जवान अमर सिंह साउद लगायत पनि कार्यक्रममा सहभागी भएका थिए।
यस अभियानले वीरगंजलाई हरियाली र सफासुग्घर बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।