नेशनल मेडिकल कलेजद्वारा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपुर्वक बिदाई

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बीच सम्मानपूर्वक विदाई गरेको छ।

धिमालले पर्सा जिल्लामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले सम्मानसहितको विदाई कार्यक्रम आयोजना गरेको हो।

कलेज अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका प्रबन्ध/निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह लगायत पर्सेली सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगंजको शान्ति सुरक्षामा उहाँको सक्रिय भूमिकाको प्रशंसा गरे।कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि कलेजप्रति आभार व्यक्त गर्दै, सामाजिक संस्थाहरूको सहकार्यले प्रहरी प्रशासन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए। कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीका अनुसार, धिमालको योगदान सधैं प्रेरणादायी रहिरहने विश्वास व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...