अजित कुमार भुजेल, २०८२ साउन ०२ गते , बिरगंज।
पर्सा जिल्लास्थित बाल सुधार गृहका चौकीदार प्रमानन्द गुप्ता गम्भीर आपराधिक आरोपमा पक्राउ परेका छन्।
जिल्ला सिराहा, लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्ताले बाल सुधार गृहमा कार्यरत रहँदा कैद भुक्तान गरिरहेका १० जना बालबिज्याईकर्तासँग जबरजस्ती तथा प्रभावमा पारेर नगद तथा ईसेवा मार्फत गरी कुल रु. १०,१५,३७०।– रकम असुली गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
गुप्ता मिति २०८२ साउन १ गते (२०७९/०३/३२) कैद अवधि समाप्त गरी छुट्ने तयारीमा रहेको सूचना पाएपछि पीडित बालबिज्याइकर्ताहरूले बाल सुधार गृह प्रशासन र प्रहरीसमक्ष उजुरी दिएका थिए।
प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (extortion) सम्बन्धी कसूरमा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
पक्राउ परेका गुप्तामाथि लागेका आरोपहरू पुष्टि भएमा कानूनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।