अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या भोगिरहेका बासिन्दाहरूका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा साबित हुने गरी विहीबार बिरगंज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच खानेपानी सेवा विस्तार सम्बन्धी एक ऐतिहासिक समझदारी पत्र (ःइग्) मा हस्ताक्षर भएको छ ।
स्थानीयवासीलाई खानेपानीको अभाव र समस्यालाई सम्बोधन गर्दै महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्रि प्रदिप यादवको विशेष सकृयतामा आज महत्वपूर्ण समझदारी पत्र ( ःइग्) मा हस्ताक्षर भएको हो ।

बीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
विहीबार हस्ताक्षर भएको समझदारी पत्र अनुसार , श्रावण १, २०८२ अर्थात आज विहीबारबाट यो समझदारी लागू भएको महानगरपालिकाले जनाएको छ । “यो समझदारीले महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेका छौँ” मेयर सिँहले भन्नुभयो ।
समझदारी पत्रको प्राथमिक उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीका समस्याहरूको दीर्घकालीन समाधान खोज्नु, नगरवासीहरूमा थप घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, नयाँ खानेपानी जडान प्रक्रियालाई अझ सरल, छिटो र पारदर्शी बनाउनु, र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउनु समावेश छन् ।
त्यस्तै समझदारी पत्रले विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका स्थानीयवासीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने तथा स्वच्छ खानेपानीको सुनिश्चितताले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ।
?
समझदारी पत्र अनुसार, नेपाल खानेपानी संस्थानले खानेपानी सेवा विस्तारको मुख्य जिम्मेवारी वहन गर्नेछ।
समझौता अनुसार, आवश्यक नियमानुसार धरौटी रकम वीरगन्ज महानगरपालिकाबाट जम्मा गर्ने पत्र प्राप्त भएपछि नयाँ धारा जडान गर्ने , खानेपानी सेवा सुदृढ गर्नुका साथै पाइपलाइन विस्तार र हालको पाइपलाइनको मर्मत सम्भार गर्ने , उपभोक्ताहरूलाई नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने , खानेपानी वितरण सम्बन्धी कुनै गुनासो आएमा तत्काल समाधानका लागि आवश्यक कारबाही गर्ने , महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रिया मिलाउने जस्ता मुख्य कार्य नेपाल खानेपानी संस्थानले गर्ने छ।
त्यस्तै महानगरपालिकाको खातामा अग्रिम रूपमा केही रकम जम्मा गरी मासिक हिसाब मिलाएर खानेपानी संस्थानलाई धरौटी बिल भुक्तानी गर्ने , सेवा शुल्कको व्यवस्थाः सेवा शुल्कका लागि संस्थानको बिल भुक्तानी गर्ने व्यवस्था मिलाउने , खानेपानी वितरण सम्बन्धी कानुन र नियमबारे खानेपानी संस्थानलाई जानकारी गराउने तथा महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रियामा सहयोग गर्ने जिम्मेवारी वीरगन्ज महानगरपालिकाको रहने समझदारी पत्रमा उल्लेख छ।

बिरगंज महानगरपालिकाको तर्फबाट प्रमुख श्री अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानको तर्फबाट महाप्रबन्धक श्री अर्जुन बाबु ढकालले श्रावण १, २०८२ मा यस सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल खानेपानी संस्थानले सम्झौताको प्रक्रियामा सहजीकरणको भूमिका निर्वाह गर्नेछ। भने सम्झौताको अवधी श्रावण १, २०८२ देखि २०८४ पौष मसान्तसम्म लागू हुने र आवश्यकता अनुसार पुनः नवीकरण गर्न सकिने समझदारी पत्रमा उल्लेख छ।
यो सम्झौताले बिरगंज महानगरपालिकाका बासिन्दाहरूलाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारी पत्रमा उल्लेख भएका सेवा सुविधाले आर्थिक रूपमा कमजोर रहेका परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुनेछ। साथै, पाइपलाइन विस्तार, मर्मत सम्भार र खानेपानीको गुणस्तर कायम गर्ने जिम्मेवारी पनि संस्थानकै हुने समझदारी पत्रमा उल्लेख छ । संस्थानले बीरगञ्ज शाखामा आवश्यक जनशक्ति वृद्धि गरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको मेयर सिँहले जानकारी दिनुभयो ।
मेयर सिँहले भन्नुभयो,“ बिरगंज महानगरपालिकाले यस परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने छ । ”
खानेपानीको महत्व तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यहरू पनि समावेश गरीएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालयले उक्त समझदारी पत्रको सफल कार्यान्वयनका लागि एक सहजकर्ताको भूमिका निर्वाह गर्नेछ, जसले दुई पक्षबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन मद्दत पु¥याउने नेपाल सरकारका खानेपानी मन्त्रि प्रदिप यादवले बताउनुभयो ।
खानेपानी मन्त्रि यादवले भन्नुभयो, “खानेपानीको चरम अभाव दिनप्रतीदिन बढ्दै गएको अवस्था छ । यसले मानिसहरुको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । त्यसैले अरु व्यवस्थापन संगै दीर्घकालिन रुपमा पनि समाधानको प्रयास तथा विकल्प स्वरुप आज महत्वपुर्ण समझदारी पत्रमा हस्ताक्षर गरी कार्य प्रभावकारी रुपमा गरीने विश्वास लिएको छु । ”
परियोजनाको कार्यान्वयनमा आउन सक्ने सम्भावित अवरोधहरूलाई सहजै समाधान गर्ने उद्देश्यले समझदारी पत्रमा कुनै पनि प्रकारको विवाद उत्पन्न भएमा दुवै पक्षबीच आपसी छलफल र वार्तालापबाट समाधान गर्ने प्रावधान पनि राखिएको छ ।
बीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत अरविन्द लाल कर्णले खानेपानी समस्या समाधानका लागि भएको समझदारीलाई बीरगञ्जका बासिन्दाहरूको खानेपानीको अधिकार सुनिश्चित गर्ने दिशामा एउटा ठूलो कदम भएको बताउनुभ