पर्सा प्रहरीले ३१९ केजि लागु औंषध चरेस सहित मकवानपुरका स्याङ्तानलाई पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । बुधबार दिउँसो काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागु औषध चरेश लोड गरी ल्याएको छ भनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सिया पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचना प्राप्त भई पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रमा जाहेर पश्चात जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो नम्बरको ट्रकलाई खोजतलास गर्ने क्रममा सोही दिन साझ  ७:३० बजेको समयमा क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला पारी ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ ट्रक तथा चालकको कानूनी रित पुर्‍याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा ३१९ के.जी. फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१,९२,०००।– ( एक लाख बयानब्बे हजार ) समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५  ( पाँच  ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...