पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष पहलमा दृष्टिविहिन छात्रावासमा एनआई कलेजद्वारा ल्यापटप कम्प्युटर सेट सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । नेसनल ईन्फोटेक कलेज बिरगंजद्वारा त्रीजुद्ध स्कुलमा संचालित दृष्टिविहिन छात्रावासका विद्यार्थीहरुको लागि एक थान ल्यापटप कम्प्युटर सेट सहयोग हस्तान्तरण गरेको छ ।

त्रीजुद्ध स्कुलमा अवस्थित छात्रावास प्राङ्गणमा एक संक्षिप्त कार्यक्रम आयोजित गरि कम्प्युटर सेट   कलेजका संचालक मनिष सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छात्रावासका शिक्षक महेश साह कानु एवं विद्यार्थीहरुलाइ हस्तान्तरण गरेका हुन ।

सो अवसरमा कलेजका मनिष सिंह दम्पती , युवा नेता सुधिर पटेल , त्रीजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्रा, सामाजिक अभियन्ताहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,ईनोभेटिभ वीरगन्जका अध्यक्ष कमल चौगाई ,सन्चारकर्मीहरु कन्हैया पटेल,राज सरार्फ, अभिलाष गुप्ता लगायत स्कुलका शिक्षक, विद्यार्थीहरु को सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले हामी सामाजिक प्राणी भएकोले हामि सबैले समाजलाई सक्दो सेवा सहयोग गर्नु पर्दछ भन्दै कर्पोरेट सोसल रेसपोन्स्स CSR फण्डलाई उधोगी, ब्यवसायीहरु सबैले प्राथमिकतामा राखेर समाजमा रहेका विभिन्न कमजोर बिपन्न असहाय तहतप्काका बिधालयहरु , अनाथआश्रय हरुमा सक्दो सहयोग गरि आफ्नो सामाजिक दायित्व पूरा गरिदिन हार्दिक आग्रह गर्नु हुँदै सामाजिक सेवाको क्षेत्रमा सधै सहयोग गर्ने र आजको सहयोगी संस्था एनआई कलेज एवं मनिष सिंह दम्पतीले खेलेको भुमिका प्रती मुरि मुरि धन्यवाद ब्यक्त गरेका थिए ।

सो अवसरमा एनआई कलेजका सन्चालक सिंहले सामाजिक क्षेत्रमा बिपन्न असहायहरुको सेवा सहयोग गर्न पाउँदा आफुहरु निकै खुशी हुने भएकोले बिगतको लामो समय देखि हामिले विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरि सेवा सहयोग सुचारु गरिरहेको र आजको सहयोगको लागि हामिलाई अवसर प्रदान गर्नु भएकोमा प्रमुख जिल्ला अधिकारीलाई हार्दिक आभार प्रकट व्यक्त गरेका थिए । साथै यहाँ आउदा अझ केही सहयोग गरौ भन्ने भावना आएकोमा यहाँ अध्ययनरत १३ जना विद्यार्थीहरुको लागि एक वर्ष पुग्ने ब्याग ,कपी कलम लगायत स्टेशनरी सामाग्री थप सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

सोहि अवसरमा छात्रावासका शिक्षक कानुले हामीलाई दया होईन साथ चाहिएको हो । हाम्रो अधिकार चाहिएकोले तपाई हामी सबैले सोच परिवर्तन गर्न जरुरी रहेको बताउदै सहयोगी एनआइ कलेज परिवार र समन्वय गरि माया गर्ने अभिभावक प्रमुख जिल्ला अधिकारीलाई ह्रदय देखि आभार प्रकट गर्नु भयो ।

शिक्षाविद मार्टिन मोक्तानले सहजीकरण गरेको सो हस्तान्तरण कार्यक्रमको अन्तमा विधार्थीभाइहरुले सुमधुर गित प्रस्तुत गर्दै तपाईहरुको साथ स्नेह सहयोग पाएरआफुहरु निकै खुशी भएको बताउदै कलेज परिवार एवं सम्पूर्ण प्रती आभार जताएका थिए भने स्कुलका प्रधानाध्यापक मिश्राले आफुले प्रजिअ अर्याल सरलाइ विद्यार्थीहरुले कम्प्युटरको चाहना राखेको सुनाएको केही दिनमै एनआई कलेजद्वारा सहयोग उपलब्ध गराइदिनु भएकोमा विद्यार्थी भाइबहिनिहरु संगै आफुहरु पनि निकै खुशी भएको बताउदै सहयोगी एनआइ कलेज परिवार र प्रजिअ अर्याललाई हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...