अजित कुमार भुजेल , बीरगंज । बिरगंजमा दिनानुदिन रगतको अभावलाई ध्यानमा राख्दै गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा तथा श्री गहवामाई रथ यात्रा २०८२ को सन्दर्भमा बुधवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो रक्तदान कार्यक्रममा ४ महिला सहित ४२ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्ने व्यक्तिहरूमा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सुनिता गुप्ता, सम्भु साह, रवि कुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियार लगायतकाले रक्तदान गरि सहयोग गरेका थिए ।
कार्यक्रम बीरगंजको गहवामाई मन्दिर परिसरमा सम्पन्न भएको हो। नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्सा द्वारा गरिएको अपिलको आधारमा र “रक्तदान जीवनदान हो” भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीय समाजसेवी, श्रद्धालु, युवाहरू र स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बृज किशोर पटेल, रेडक्रस रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र, बिरगंजका प्रमुख सौरभ राज पाण्डे र नितेश यातव द्वारा गरिएको थियो भने कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए।