No menu items!

“प्लास्टिक प्रदुषणलाई हराऔं ” प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।  “प्लास्टिक हटाउनुहोस ” भन्ने  नाराका साथ लिभिङ्ग विथ ईन्भायरमेन्ट ( वातावरण :- जीउने आधार ) र उत्तम नेपाल संस्थाको संयुक्त आयोजनामा प्लास्टिक प्रदूषण विरुद्ध जनचेतना जगाउने उद्देश्यले वातावरण दिवसको विशेष सप्ताह अन्तर्गत वातावरण सत्र -२०२५ प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत बिरगंजका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू बीच ७ दिनसम्म विद्यालयमा पुगि “Beat Plastic Pollution” भन्ने शीर्षकमा आयोजित प्रतियोगितामा कुल ६० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

सहभागी विद्यालयहरु सिद्धार्थ मावि चिनीमिल-१४, नेपाल राष्ट्रिय मावि श्रीपुर-११, शारदा मावि बहुअरी (सुगौली पर्सा-२४), माइस्थान विधापीठ मावि-७, त्रिभुवन हनुमान मावि रेशमकोठी-६, श्री नेपाल राष्ट्रिय मावि नगवा-१६, सुरजी देवी मावि मुर्ली-१२, नेपाल रेलवे मावि-९ लगायतका विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष तथा साउथ जोन मावि का संस्थापक सरोज प्रसाद चौधरी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता Living with Environment  का क्षेत्रीय प्रमुख फिरोज अन्सारीले गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, पत्रकार महासंघ पर्साका सदस्य एवं पर्सा पोस्ट डट कमका सञ्चालक अजित कुमार भुजेल, आनन्द पटेल, सन्तोषमान रञ्जितकार, सूर्य शुभचिन्तक, उत्तम नेपालका अध्यक्ष बिट्टु गुप्ता, कोर्डिनेटर लक्की कुमार बर्णवाल लगायत शिक्षक, अभिभावक तथा विद्यार्थिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्लास्टिक प्रदुषण आजको प्रमुख समस्या भएको र प्लास्टिक जन्य वस्तुहरू हजारौं वर्षसम्म नस्ट नहुने भएकाले यी बस्तुले माटो, जल, वनस्पति र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथ्य उल्लेख गरे। अन्य जैविक वस्तुहरू जस्तै कागज, पात, काठ आदि समयको साथ विघटन भएर मलको रूपमा परिणत हुन सक्ने भए पनि प्लास्टिकले वातावरणमा विषाक्तता फैलाउने हुँदा यसलाई तुरुन्त नियन्त्रण गर्नु अत्यावश्यक रहेकोमा सबैको जोड थियो।

त्यसैगरि प्लास्टिक प्रदूषणको नियन्त्रणका प्लास्टिकको सट्टा कपडा वा कागजजन्य झोला प्रयोग गर्न , घरमै फोहोर व्यवस्थापन गर्न , प्लास्टिकलाई छुट्टै संकलन गरेर रिसायकलमा पठाउने , विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न , सरकार र स्थानीय निकायलाई  निति निर्माण र कडाई पुर्वक कार्यान्वयन गर्न दबाब दिने , विद्यार्थी र युवा वर्गबाट अभियानको सुरुआत गरि समाजमा उदाहरण भुमिका खेल्ने काम गरे केही कम हुने वक्ताहरुको भनाई रहेको थियो ।

त्यसैगरि “प्लास्टिक प्रयोग नगर्नुस्” भन्नुभन्दा पहिले “म प्लास्टिक प्रयोग गर्दिन” भन्ने चेतना आर्जन गर्नु नै साँचो परिवर्तनको सुरुआत हो भन्ने सन्देश वक्ताहरूले दिएका थिए।

कार्यक्रममा डा. नरोत्तम झा को विशेष सहयोग थियो भने विभिन्न मिडिया पार्टनरहरु नेपाल पोस्ट डेलि डट कम , अन्कुश दैनिक , कालिका टाईम्स , सिमाना दैनिक , फोटोग्राफी पार्ट्नर , डिजाईन  पार्टनरको समेत उल्लेखनीय भूमिका रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...