बिरगंज महानगरको १७ औं नगर सभा सम्पन्न , आ. ब. २०८२/८३ को लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार बजेट बिनियोजन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिकाको १७ औं नगरसभा अधिवेशन सम्पन्न भएको छ।

सोमबार आयोजित उक्त कार्यक्रममा बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन् ।बिरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
सोमबारको नगरसभामा उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात कूल बजेटको ७०.२४ प्रतिशत,पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख अर्थात १.१२ प्रतिशत रहेको उल्लेख छ ।

बिरगंज  महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि बिरगंज  महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियोे । नगरसभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख  आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन , सरसफाइ ,
वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको पनि बताए ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड,संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख , संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख,प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार,प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार ,घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपप्रमुख  आलमले बताए ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख  आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन , सरसफाइ , वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको पनि बताए ।त्यसअघि नगरसभामा बिरगंज महानगर पालिका प्रमुख  राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख  सिंहको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतकाको पनि सहभागिता रहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...