सरकारमा हालिमुहालि एमालेको मात्र रहेको र काङ्ग्रेस जनता बीचमा बदनाम र कमजोर बन्दै गएको :- केन्द्रिय सदस्य नैनसिंह महर

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  शिक्षा विभाग  प्रमुख नैनसिंह महरले कांग्रेस र एमालेबीच ७ बुंदे सहमतिको जगमा बनेका अहिलेको सरकारले जनतामा उत्त्साह जनाउने खालका कुनैपनि काम नगरेको टिप्पणी गरेका छन।

नेपाली  कांग्रेस  जनताका बीचमा बदनाम भइरहेको र यसले कांग्रेस पार्टी कमजोर बन्दै गइरहेको उनले बताए छन । यो सरकार बनेको १ वर्ष पुरा भएता पनि  सरकारले जनतामा उत्साह जगाउने काम गर्न सकेको छैन।कांग्रेसको अहिलेको नेतृत्वले पार्टीको १५ औं महाधिवेशन निर्धारित समयमै गर्नका लागि चासो नै र नदेखाएका कारण महाधिवेशन तोकिएको समयमा हुन सक्ने सम्भावना क्षीण हुदैं गएको केन्द्रिय सदस्य महरले बताए । कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नका लागि देशभरबाट नेता–कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए ।

संघ, प्रदेश र स्थानीय तह सबैमा कांग्रेस सबै भन्दा ठूलो दल हो । तर पनि सरकारमा हालीमुहाली एमालेको मात्रै रहेको र कांग्रेस निरीह बनेको बताए । फरक प्रसंगमा महरले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मधेस प्रदेशसंग फेरि विभेद गरेको टिप्पणी गरे । उनले भने,‘देशलाई सबैभन्दा बढी राजस्व संकलन गरेर दिने प्रदेश मधेस प्रदेश हो । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने प्रदेशपनि मधेस नै हो । तर संघीय सरकारले अहिले ल्याएको बजेटमा मधेस प्रदेशसंग विभेद गरिएको छ ।’

राजनीतिक दलका नेता–कार्यकर्ता इमान्दार र चरीत्रवान भएमात्र सरकारले जनताको हितमा काम गर्न सक्ने उहाँ को भनाई रहेको थियो। अहिले हरेक राजनीतिक दलभित्र शुद्धिकरण अभियान चलाउन आवश्यक रहेको भन्दै उनले उक्त अभियानको सुरुवात कांग्रेस भित्रैबाट थाल्नु पर्नेमा जोड दिए ।सरकारमा कांग्रेस पनि छ ।तर सरकार सरकारको नेतृत्व गरिरहेको दल एमालेले कांग्रेसलाई कमजोर बनाउने गतिविधी गरिरहेको  बताए ।

उनले केन्द्र, प्रदेश र स्थानीयत तहले अहिले ल्याएका बजेट ब्रम्हलुट मच्चाउने सोचले ग्रसीत रहेको बताए । कांग्रेस केन्द्रिय सदस्य महरले देशमै रोजगारीको श्रृजना गरेर युवाहरुको विदेश पलायन रोक्न र विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने वातावरण बनाउन सरकारसंग मागपनि गरे।

उक्त कार्यक्रम प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको थियो भने पत्रकार बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ,प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी , राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...