सर्बोत्तम हस्पिटल एन्ड रिसर्च सेन्टरद्वारा अलखियामठ परिसरमा निसुल्क स्वास्थ्य परिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको अलखियामठ मन्दिर परिसरमा आज शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ७० जना भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

सामाजिक क्षेत्रमा अग्रसरता देखाउदै सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि संग समन्वय गरि अलखियामठ सञ्चालक समिति र सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को संयुक्त आयोजनामा भएको उक्त शिविरमा अस्पतालका प्रमुख डा. चितरञ्जन शाह सहित अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।

कार्यक्रममा सहभागीहरूलाई नि:शुल्क औषधि वितरण समेत गरिएको थियो। डा. शाहका अनुसार यस्तो निःशुल्क स्वास्थ्य शिविर अबदेखि प्रत्येक महिनाको हरेक शनिबार बिहान ७:३० देखि १०:३० सम्म नियमित रूपमा सञ्चालन गरिनेछ। स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सचेतना र उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अलखियामठ सञ्चालक समितिका अध्यक्ष शुपेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...