बिरगंज सिटि मार्केटको आयोजनामा भएको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित ५१ जनाले आफ्नो अमुल्य रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । वीरगंज सिटी मार्केट वीरगंजकाे आयोजनामा शनिवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

वीरगंजकाे घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा कार्यक्रमकाे उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले गरेका थिए । साे कार्यक्रममा एक महिलासहित ५१ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक बिक्की सर्राफले जानकारी दिए ।

कार्यक्रममा बलिराम राउत, रन्जित गुप्ता, जुमन आलम, राज गुप्ता, अभय पटेल, राजन कुमार राैनियार, अभय कुमार साह, राजाबाबु पटेल, जाेतिश पटेल, राेहित पटेल, साहिल हुसेन, कुन्दन प्रसाद, बृजेश यादव, साहिल पटेल, सुरज पटेल, पिन्टु राैनियार, आन्नद कुमार राैनियार, ओम यादव, सुरज पटेल, नितेश कलवार, सुनिल ठाकुर, चन्दन कुमार राैनियार लगायतले रक्तदान गरेका हुन् ।

पछिल्लो समय वीरगंज रक्तसञ्चार केन्द्रमा देखिएको रगतको अभाव र नेपाल रेडकरेस सोसाइटी पर्साले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्ने आह्वानलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक सर्राफले वताए ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बृजकिशाेर पटेल, ब्लड डाेनर्स एसाेसियसन नेपाल, पर्साका सचीव अरबिन्द सिंह, वीरगंज सिटी मार्केटका संचालक पिन्टु राैनियार, राजन श्रीवास्तव, संताेष पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...