नारायणी अस्पतालको एआरटि सेन्टरबाट १५ सय बढी एचआईभी संक्रमितलाई निसुल्क उपचार सेवा प्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज । एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा बिरगंज महानगरपालिकाको सभाकक्षमा स्थानीय नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा नारायणी अस्पताल मार्फत प्रदान गरिँदै आएको एचआईभी संक्रमितको उपचार सेवाबारे जानकारी प्रस्तुत गरिएको थियो । बैठकमा एएचएफ नेपालकी एआरटी काउन्सिलर रोशनी सर्राफले प्रस्तुति दिँदै नारायणी अस्पतालको एआरटी सेन्टर मार्फत हाल एक हजार ५०१ जना एचआईभी संक्रमितले निःशुल्क उपचार सेवा लिइरहेको जानकारी दिइन् ।

उनका अनुसार नारायणी अस्पतालबाट सेवा लिने संक्रमितहरू पर्सा, बारा, रौतहट, मकवानपुर, सर्लाही र धनुषा लगायतका जिल्लासँगै सीमावर्ती शहर भारतका पनि रहेका छन् । एएचएफ नेपालको कार्यमा वीरगंज महानगरपालिकाले प्रयोगशालाको परीक्षणमा गरेको सहयोगप्रति पनि सर्राफले आभार प्रकट गरिन् ।

छलफलको क्रममा छिमेकी राष्ट्र भारतका संक्रमितको सेवा प्रवाहमा भइरहेको जटिलतालाई सहजीकरण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । दुवै सीमाका सरोकारवालाको पहलमा उनीहरुलाई पनि उपचारको दायराभित्र ल्याउनुपर्ने निस्कर्ष बैठकले निकालेको छ ।

बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले अझै पनि धेरै संक्रमित उपचारको पहुँचमा पुग्न नसकेको भन्दै सबै संक्रमितलाई सेवाको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै, कोही पनि उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताए । यस अवसरमा एआरटी फोकल पर्सन डा. अतुलेश कुमार चौरसिया, नारायणी अस्पतालकी नर्सिङ प्रमुख श्रुति साह, वीरगंज महानगरपालिकाका कर्मचारी लगायतको एएचएफ नेपालका अंकित गुप्ताले जानकारी दिए । बैठकमा वार्षिक रूपमा परियोजनाको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...