हिन्दू राष्ट्र स्थापनाको कामना सहित नेजपाद्वारा सामुहिक पुजापाठ

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिको आयोजनामा आज सखुवा प्रसौनी गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पारसनाथ महादेव मन्दिर परिसरमा सामूहिक पूजापाठ कार्यक्रम सम्पन्न गरिएको छ।

सो पूजापाठ कार्यक्रम नेपालको सनातन हिन्दू राष्ट्रको पुनःस्थापनाको कामना, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, तथा आम नेपाली जनताको सुख, शान्ति र समृद्धिको लागि समर्पित गरिएको पार्टीले जनाएको छ।

कार्यक्रममा नेजपा पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्व रहेको थियो भने पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

त्यसैगरी केन्द्रीय सदस्य अधिवक्ता बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला मन्त्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्यहरू सुमंत कुमार दीप, मधुसूदन ठाकुर लोहार, मनीष वर्णवाल, रंजिता देवी, लगायतका नेताहरु तथा कार्यकर्ताहरु सहभागी थिए।

पूजापाठमा स्थानीय श्रद्धालुजन र साधुसन्त समुदायका अगुवा धर्मेन्द्र दासको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमका दौरान श्रद्धालुहरुले वैदिक विधिअनुसार पूजा,  आरती र मन्त्रोच्चारण गरी धार्मिक वातावरण सिर्जना गरेका थिए। पार्टीका नेताहरूले हिन्दू संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा सम्पूर्ण राष्ट्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...