रगतको अभाव सङै जनप्रतिनिधि संगीता दास र पत्रकार सुर्य बिकले गरे आकस्मिक रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज आसपासको क्षेत्रमा रगतको अभाव देखिएकोले रक्तदान गर्नका लागि रक्तसञ्चार केन्द्र बिरगंजले अपिल गरेको छ ।

रक्तसञ्चार केन्द्र बिरगंजमा कुनै पनि रक्तसमूहको रगत मौज्दात नरहेको बताउदै रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेले हाल केन्द्रमा ए पोजेटिभ, बी पोजेटिभ, ओ पोजेटिभ लगायत सबै समूहका रगतको माग उच्च रहेको छ। दिनहुँ १०० देखि १५० प्वाइन्टसम्म रगतको माग हुने गर्दछ। तर हाल जसलाई रगत आवश्यक छ, उसैले आफैं एकजना रक्तदाता ल्याएपछि मात्र रगत प्राप्त गर्न सक्ने अवस्था रहेको र जेठ महिनामा मात्रै १,७४६ प्वाइन्ट रगत वितरण गरिएको थियो। सामान्यतया मासिक रूपमा १,५०० देखि १,८०० प्वाइन्टसम्म रगत वितरण गरिने केन्द्रमा अहिले पूर्णरूपमा रगतको अभाव देखिएकोले रक्तदान गर्न सबैलाइ अपिल गर्नु परेको बताए।

आजै बिरगंज महानगर पालिका वडा न. ३ का वडाअध्यक्ष बैजु स्वर्णकारले रक्तसञ्चार केन्द्रमा आएर रक्तदान गर्ने रक्तदाताहरुको लागी चिसो ब्यवस्थापन गर्न १.५ टनको एसि र स्टेबलाजर सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका वडा ३ का वडासदस्य संगीता दास र चलचित्र महासंघ पर्साका अध्यक्ष सुर्य विक ले रक्तसञ्चारको रगत अभावको खबर सुनेर आकस्मिक रक्तदान पनि गरेका थिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल ,सदस्य दिनानाथ रौनियार,वडा ३ का सदस्य बरकतुन नेशा ,केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा सभापति पटेलले रक्तदानले कसैको जीवन बचाउने भएकोले नै यसलाइ जिवनदान भनिन्छ र वीरगन्जका रक्तदाताहरुले रगतको अभाव हुदा अगाडि बढेर रक्तदान गरि मानवतालाइ बलियो बनाउने सुकार्य गरिरहेको र उप्रान्त पनि रगतको अभावलाई स्वतस्फूर्त रुपमा रक्तसञ्चारमा आएर होस या विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्नेमा आफू विश्वस्त रहेको भन्दै सम्पुर्णलाई हातेमालो गरि रक्तदान गर्न आग्रह पनि गर्नु भयो ।

रगत नपाएर दिनहुँ कैयौं सेवाग्राहीहरू रित्तै फर्किनुपरेको छ भने बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने बाध्यतापुर्ण चिन्ताजनक अवस्था रहेको छ। अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रमहरू पनि अपेक्षाकृत कम भएकोले रगतको अभाव थप गहिरिएको केन्द्रका सहायक राजन श्रीवास्तवले बताए।

यस सन्दर्भमा केन्द्रले सामाजिक संघ संस्थाहरु लगायत आम सर्वसाधारणमा रक्तदानका लागि विशेष अनुरोध समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...