जनता समाजवादि पार्टी नेपालले मलेशियामा पार्टी गठन गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । जनता समाजवादी पार्टी नेपालले मलेसियामा आफ्नो पार्टी गठन गर्न गइरहेको छ।

मलेसियामा रहेका नेपाली कामदारहरुसंग भेटघाट गरि जसपा नेपालका  केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने भएका छन ।

२०२५ जुन ०१ मा  होटेल ग्रान्ड कोन्टिनेन्टल कुलालुमपुर  जलान बेलिआ चोवकिटमा जान लागेका हुन। मलेसियामा आयोजना  हुन गइरहेको नेपालीसंग अन्तरक्रिया तथा नेपाली समाज मलेसिया प्रवास समिति गठन हुने भएको छ।  जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र  यादवको प्रमुख अतिथित्वमा हुने कार्यक्रम तय भएको छ। कार्यक्रमका आयोजक समितिका मलेसियाका  संयोजक बिनोद यादवले जानकारी दिनुभयो ।

मलेसियालाई आफ्नो कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा मा काम गर्दै आइरहेका नेपाली कामदारहरुलाई  उपस्थित हुन संयोजक बिनोद यादवले आहवान गर्नु भएको छ।  राजनीतिमा नलागेका तर अध्यक्ष यादवसंग प्रत्येक्ष भेटघाट गर्न चाहने नेपाली कामदारहरुलाई  उपस्थित हुन तथा कार्यक्रममा सहभागी भइ  कार्यक्रम सफल बनाईदिन अनुरोध समेत गरेका छन ।

मलेसिया संयोजक यादवले मलेसियामा रहेका कामदार हरुलाई कुनै समस्या परेको बेला आफु सहयोग गर्दै आइरहेको र कुनै नेपालीलाई मलेसियामा बिचल्ली परेकोमा मेरो सम्पर्क नम्बर +6012-3377943 बताउनुभयो ।कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतको दिग्गज नेताहरूको पनि उपस्थिति रहने संयोजक यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...