अजित कुमार भुजेल बिरगंज । साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई हजयात्रा सुखद र फलदायी सहित सफलताको सुभ कामना दिदै बिदाई गरिएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का पदाधिकारीहरुले आज एक कार्यक्रमको बीच माला , खादा लगाएर बिदाई गरेको हो ।
मक्का मदिना हज गर्न देश भरीका ११६० जना हजयात्री जाने भएको छ । त्यसमध्य पर्सा जिल्लाबाट ७२ जना र बिरगंज वडा न.२ बाट ठकुराई सहित १९ जना प्रस्थान गर्न लागेको हज कमिटीका सदस्य हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।
अध्यक्ष ठकुराई तेस्रो पटक मक्का मदिना हज गर्न जानलाग्नु भएको छ । हरेक बर्ष कुर्बानीको बेला हज जाने चलन रहेको र हज यात्रा ३२ दिनको रहेको साथै मक्का र मदिना बीच ५०० किलोमिटरको फरकमा रहेको बताउदै यहि जेष्ठ ७ गते काठमाडौंबाट मक्का मदिना प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष ठकुराईले बताए ।
यस यात्राले नेपाल र साउदी अरब बीच आपसी भाईचारा , मित्रता र सद्भाव बढाउदै राष्ट्रिय एकतालाई बलियो बनाउने र सम्पुर्ण मनुष्य कल्याणको समेत दुवा गर्ने बताए ।
बिदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का सचिव प्रबीण बिक्रम शाह , सहसचिव मदन प्रसाद गुप्ता , कोषाध्यक्ष प्रेम कुमार सिंह , सदस्य अजित भुजेल , अब्दुल कैश तेलि , साहेब हुसेन , बिट्टु नेपाली लगायतको सहभागिता रहेको थियो ।