दुष्टि बिहिनका लागि दुष्टि :- बिरगंजमा जनजागृत अभियान संचालन

Date:

अजित कुमार भुजेल , बिरगंज । “दृष्टिविहीनका लागि दृष्टि” भन्ने नाराका साथ बिरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् बिरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमको उद्देश्य मृत्यु पश्चात् आँखादानको महत्वबारे जनमानसमा चेतना फैलाउनु रहेको छ। “कसैको अन्धकारमा उज्यालो बन्नुहोस्” भन्ने सन्देश बोकेको यो अभियानले बिरगंजवासीलाई आँखादान जस्तो महान कार्यप्रति प्रेरित गरिरहेको छ।

कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आँखादान जस्तो मानवीय कार्यमा महानगरको साथ रहेको उल्लेख गर्दै भने, “आँखादान केवल एक सामाजिक कार्य होइन, यो मानवीय कर्तव्य हो। हामी सबै मिलेर यस्तो अभियानलाई सफल बनाउनु पर्छ, ताकि मृत्युपछि पनि हाम्रो योगदान कसैको जीवन उज्यालो बनाउन सकोस्। बिरगंज महानगरपालिका सदैव यस्ता जनहितका प्रयासमा अगाडि रहनेछ।”  बिरगंज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आज आँखा दान सम्बन्धमा जनमानसमा रहेका भ्रम तथा यथार्थका बारेमा जानकारी दिइएको थियो ।

आयोजक संस्था तेरापंथ युवक परिषद् बिरगंजका अनुसार, आँखादानको विषयमा अझै पनि समाजमा अपर्याप्त जानकारी र भ्रम विद्यमान छन्। यस अभियान मार्फत नागरिकहरूलाई आँखादानको प्रक्रियाबारे सही जानकारी दिनुका साथै, मृत्युपछि कसरी आफ्ना आँखा कसैको जीवनमा प्रकाश बन्न सक्छ भन्नेबारे जागरूक गराइएको हो।

कार्यक्रममा परिषद्का प्रतिनिधि राजु वैदले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामी उद्देश्य सहित कार्य गरिरहेको भन्दै आँखा दान कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कार्यक्रममा उद्योगि अशोक वैद, महानगरपालिकाका जनप्रतिनिधी, विभिन्न शाखा महाशाखाका प्रतिनिधि, समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिरगंज महानगरपालिकाले समेत यस्तो मानवीय प्रयासमा सहकार्य गर्नु गौरवको विषय भएको बताएको छ। आयोजकहरूका अनुसार यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...