कानुन दिवसको दिन न्यायकि देबिको मुर्ति अनावरण, न्यायप्रणाली सुदृढीकरणमा जोड

Date:

अजित कुमार भुजेल , बिरगंज । कानुन दिवस २०८२ को अवसरमा पर्सा जिल्ला अदालतले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा कानुन दिवस मनाएको छ।

कार्यक्रममा प्रमुख आकर्षणको रूपमा नव निर्माण गरिएको न्यायकी देवी (Statue of Lady Justice) को मुर्ति अनावरण गरिएको छ, जसले नेपाली न्याय प्रणालीको प्रतीकात्मक सुदृढीकरणको संकेत गरेको छ।

पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दीपक खनालले न्यायकी देवीको मुर्ति अनावरण गर्दै कानुनप्रति श्रद्धा र न्याय प्रणालीप्रतिको विश्वास अझ प्रगाढ बनाउने दायित्वको स्मरण गराएका थिए। उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले कानुन दिवसको शुभकामना मन्तव्य राख्दै जनताको मौलिक हकको संरक्षण, कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महत्वलाई उजागर गरे। उनले कानुन दिवसलाई कानुनी अभ्यास, सुधार र जनसहभागिताको माध्यमका रूपमा लिइनुपर्ने बताए।

विशेष कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, बिरगंज स्कुल अफ लका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, कानुन संकायका विद्यार्थी, जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ता तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

वक्ताहरूले सम्बोधनका क्रममा न्याय प्रणालीलाई अझ सरल, जनमुखी, समावेशी र आधुनिक बनाउनेतर्फ सबै पक्ष अदालत, कानुन व्यवसायी तथा कानुनी शिक्षण संस्थाहरू बीच सहकार्य र संवाद अपरिहार्य रहेको धारणा व्यक्त गरे।

कार्यक्रमले कानुनी सचेतनाका साथै न्यायमा जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। न्यायकी देवीको अनावरणले नेपाली न्याय क्षेत्रको आधुनिकीकरण र मूल्य मान्यताप्रति श्रद्धा प्रकट गर्ने ऐतिहासिक अवसरको रूपमा लिइएको छ।

पर्सा जिल्ला अदालतको यो पहलले न्यायको सुलभ पहुँच, न्याय प्रणालीको पारदर्शिता र कानुनी सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...