अजित कुमार भुजेल , बिरगंज । भीषण गर्मीले तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेका बेला बिरगंजमा सर्वसाधारण र यात्रुहरूलाई राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साको आयोजनामा निशुल्क चिसो पिउने पानी (सर्बत )वितरण कार्यक्रम सुरु गरिएको थियो ।
शनिबार बिहान ११:०० बजेदेखि बिरगंजको प्रमुख व्यस्त स्थल घन्टाघर चौकमा सुरु गरिएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम संयोजक अजित भुजेलले जानकारी दिनुभयो ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले मानवताको सबैभन्दा ठुलो कर्तव्य भनेकै पानी खुवाउने कार्य भएको बताए । आजको यस कार्यक्रमले आफ्नो पुर्खौली गाउको सम्झना गराएको बताउदै आफुले पनि गाउघरमा हरेक शुक्रबार हटिया बजार लाग्ने भएको हुदा त्याहा टाढा टाढा बाट आउने बटुवाहरुलाई माटोको भाडोमा गुड ( मिठ्ठा) र कागत पानी हालेर सर्बत बनाएर खुवाउने गरेको बताए । आज आफुले यस पुनित कार्यमा प्रमुख अतिथि बनाई बोलाउनु भएकोमा सस्थालाई धन्यवाद दिदै आफुले सक्दो सहयोग र सहकार्य गरेर अगाडि बढने बताउनु भयो ।
कार्यक्रममा प्याप्सन पर्साका अध्यक्ष सरोज चौधरीको विशेष उपस्थिति रहेको थियो । प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायले शैक्षिक सहिद मुकुन्द खनालको बारेमा प्रकाश पार्दै यस सस्थाले आउने दिनहरुमा विभिन्न कार्यक्रमको आयोजना गरि अघि बढने भन्दै स्वागत गर्नु भएको थियो ।
पानी बितरण कार्यक्रमलाई सहयोग पुर्याउन समाजसेवी हुकुम सिंह राजपुत , सतिश सिंह राजपुत , माववसेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता , राजेन्द्र भट्टराई , प्रतिष्ठानका सदस्यहरू जय कुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालको योगदानको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा जनहितका कार्यक्रमहरू गर्दै आइरहेको छ। यस कार्यक्रममार्फत घन्टाघर क्षेत्र भएर यात्रा गर्ने पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई तत्कालीन राहत प्रदान गरिनेछ।
प्रतिष्ठानले आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रतिष्ठानका सहसचिव अजित भुजेलको संयोजकमा भएको सो कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचीव लालबाबू सिंहले गर्नु भएको थियो ।