अजित कुमार भुजेल , बिरगंज । आजाद मदरसा तालिमुल कुरान पोखरियाद्वारा दुई दिने पहला दाेराेजा इज्लास-ए-त्तम इस्लाह-ए-माेआशरा व दस्तारवन्दी अराकिने जल्सा आयोजना गरेको छ।
पोखरिया नगरपालिका वडा नं. ४ मा सो जल्सा भएको हो। यो जल्सामा नेपाल तथा भारतका प्रख्यात आलिम र चतूर्वेदी वोलमाहरुको सहभागीता रहने छ। दुई दिने हुने यश जल्सामा कुरान तथा चार वटै बेदको बारेमा वोलमाहरुले सहभागीहरुलाई बताउने छन। यो कार्यक्रम को उद्घाटन प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मंत्री जनार्दन सिंह क्षेत्रीले गमलामा पानी हालेर शुभआरम्भ गर्नु भएको थियो।
उक्त कार्यक्रमको विशिष्ट अतिथि बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्य राख्दै भने हामीहरु एक समाजमा बस्दै आएका छौ , हाम्रोमा केही भेदभाव छैन , सबै जात जातीहरु मिलेर एक अर्काको पर्वमा गई हर्सोल्लासका साथ पर्व मनाउद छौ । तर केहि तत्वहरुले गर्दा हाम्रो समाजमा भेदभाव गर्न खोजिरहेका छन् । तर यो सहभागीताले यो संदेश दिरहेको छ कि हामी एक हौ र दाजु भाई हौ हामी मा जातपात को होइन , भाईचारा निभाउदै बस्नु पर्छ भन्नु भयो।
सो कार्यक्रमका विशिष्ट अतिथिहरुमा पु्र्व सांसद हरिनारायण राैनियार, नगर प्रमुख प्रधुमन प्रसाद चाैहान, उपमेयर रुवि कुमारी ठाकुर, पुर्व मेयर दिपनारायण राैनियार, निजामाेदिन समानी, पु्र्व सांसद रामेश्वर राैनियार रहेका थिए भने अतिथिहरुमा बिरगंज महानगर पालिका वडा नं.२ छपकैयाका वडा अध्यक्ष मो. रेयाज मिया तेलि , नेपाली कांग्रेसका श्रीकुशन चाैहान, सकिम मियाँ , आशा चाैहान, वडा अध्यक्ष लक्षुमन साह कानु, वडा अध्यक्ष नाैसाद आलम, साेनालाल साह गाेढ, आशा चाैहान, मेयर प्रत्यशी ईफितिखार आलमको उपस्थिति रहेको थियो ।
अध्यक्ष खैरुलाह मियाँकाे अध्यक्षतामा कार्यक्रम आयोजा भएको थियो भने कार्यक्रम संचालन गनि अंसारीले गरेका थिए।