सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को बैठक सम्पन्न , यहि शनिबार निसुल्क आखा शिबिरको आयोजना गर्ने निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाको बैठक आज सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बसेको बैठकले यहि बैशाख १३ गते शनिबारको दिन बिहान ७:०० बजेदेखि छ्पकैया वडा न.२ स्थित छटघाट नीर रहेको धर्मशालामा निसुल्क आँखा शिबिरको आयोजना गर्ने निर्णय गरेको छ ।

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको विशेष सहयोगमा निसुल्क आँखा शिबिरको आयोजना हुने भएको जानकारी अध्यक्ष ठकुराईले जानकारी दिनुभयो ।

शिबिरमा ३ सय जना जतिको चेकअप गर्ने लक्ष्य लिएको र  निसुल्क चेकअप सङै आवस्यक औंषधि समेत बितरण गर्ने र मोतिया बिन्द हुनेहरुको बिरगंज सामुदायिक आँखा अस्पतालमा निसुल्क अपरेसन समेत गर्ने व्यवस्था समेत भएको अध्यक्ष ठकुराईले बैठकमा जानकारी गराएका थिए ।
अध्यक्ष ठकुराईले निसुल्क आँखा शिबिरको उदेश्य भनेको गाउघरमा रहेका गरिब , निमुखा र पैसाको अभावले गर्दा अस्पताल सम्म पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आखाको उपचार बिना  अन्धकार जिवनबाट गुज्रिन नपरोस भन्ने रहेको बताए । यसलाई सबैले भब्य र सभ्य रुपमा सफल बनाउन समेत आग्रह गरेका थिए ।

बैठकमा आमन्त्रित सदस्य वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , सामुदायिक सेवा केन्द्र छपकैया-२ का  सचिब प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल , धिरज शर्मा , अरुण गोयल , अब्दुल कैश तेलि , प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी , प्रहरी सहायक हवल्दार मणि भुषण यादव , प्रहरी सहायक हवल्दार पनालाल कुमार पन्डित , प्रहरी जवान सोलाजिम मिया रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...