अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र छ्पकैया-२ पर्साको आयोजनामा भएको निशुल्क आँखा शिबिरमा १५० जना चेकजाच गर्दा ३६ जनामा मोतिया बिन्द फेला परेको बिरगंज सामुदायिक आँखा अस्पतालका डाक्टर महेश सिंह धामीले जानकारी दिनुभयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथीमा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम , विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमाल,वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलिको आतिथ्यमा सम्पन्न भएको थियो ।
निसुल्क आँखा शिबिर कार्यक्रम शनिबारको दिन बिहान ७ बजेदेखि ११ बजे सम्म छ्पकैया वडा न.२ स्थित छटघाटमा रहेको धर्मशालामा भएको थियो । सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिबिरमा पुरुष १६ जना र महिला २० जना गरि जम्मा ३६ जनामा मोतिया बिन्द देखा परेको थियो ।
निशुल्क आँखा चेकअप सङ्ग सङै आवस्यक औंषधि आईडरप , मलम र चस्मा समेत बितरण गरिएको गरिएको थियोे भने मोतियाबिन्द हुनेहरुको बिरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क अपरेसन समेत गर्ने व्यवस्था समेत भएको अध्यक्ष ठकुराईले जानकारी गराएका थिए ।
अध्यक्ष ठकुराईका भनाई अनुसार उक्त निशुल्क आँखा शिबिरको उदेश्य भनेको गाउघरमा रहेका गरिब , निमुखा र पैसाको अभावले गर्दा अस्पताल सम्म पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आखाको उपचार बिना अन्धकार जिवनबाट गुज्रिन नपरोस भन्ने रहेको बताए ।
उक्त कार्यक्रममा अतिथिहरु रा.स.स.का बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , पिरमहम्मद अन्सारी , महिला सदस्य संगीता थापा भुजेल , रम्भा देबि , सामुदायिक सेवा केन्द्र छपकैया-२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबिण बिक्रम शाह , सहसचिव कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्यहरु अजित भुजेल , धिरज शर्मा , अरुण गोयल , अब्दुल कैश तेलि , प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी , प्रहरी सहायक हवल्दार मणि भुषण यादव , प्रहरी सहायक हवल्दार पनालाल कुमार पन्डित , प्रहरी जवान सोलाजिम मिया लगायतकाहरुको पनि उपस्थिति रहेको थियोे ।
स्वागतमन्तब्य सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का कोषाध्यक्ष प्रेम कुमारी सिंहले कार्यक्रम सन्चालन सदस्य मो. अब्दुल कैश तेलिले गरेका थिए ।