मिडिया काउन्सिल मधेस प्रदेशको अध्यक्ष नियुक्त भए सङै भ्रष्टाचारको आरोपमा उपाध्याय निलम्बित

Date:

अजित कुमार भुजेल , बिरगंज । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमल कुमार उपाध्याय विरुद्ध भ्रष्टाचार मुद्दा दायर पछि स्वतः पद मुक्त भएका छन् ।

अध्यक्षमा आइतबार नियुक्त भएर सोमबार सपथ तथा पदभार ग्रहण गरेका उपाध्याय मुद्दा दायर भएसँगै स्वतः निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै उपाध्याय मधेश मिडिया काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।

उपाध्यायलाई जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमबार गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए । लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको सम्बन्धमा अनुसन्धान गर्दा उपाध्याय लगायत दोषी देखिएको अख्तियारले जनाएको छ । अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...