बिरगंजका मसला कारोबारका माफिया आरएन ईन्टरप्राईजेजले परिमाण लुकाई भन्सार छल्न खोज्दा ७० लाख भन्दा बढी जरिवाना तिर्नु पर्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको मसला कारोवारको माफिया , भन्सार छ्लीमा १ नम्बर , गलत कारोवार र प्रशासनलाई सेटिङ्ग मिलाउनमा माहिर श्रीकान्त दुबेको एक फर्मले परिमाण लुकाई भन्सार राजस्व छल्ने प्रयास गर्दा  भन्सार कार्यालय बिरगंज एकिकृत जाच चौकी  (आईसीपी ) ले जरिवाना गरेको छ ।

बिरगंजका व्यापारी श्रीकान्त दुबेको फर्म आरएन ईन्टरप्राईजेजले भारतबाट आयात गरेको माल सामानमा ३ लाख रुपैया बराबरको भन्सार शुल्क बचाउन खोज्दा ७० लाख ३९ हजार  ९ सय १४ रुपैंया जरिवाना तिर्नु परेको छ ।

भारतबाट आरएन ईन्टरप्राईजेजले बैशाख ३ गते जिरा आयात गर्दा दुई वटा भन्सार प्रज्ञापनपत्र पेश गरेको थियो । तिमध्ये एउटा प्रज्ञापनपत्रमा उल्लेख गरिएको ३ सय बोरा अर्थात ९ हजार केजि जिराको परिमाण सहि देखिए पनि अर्को प्रज्ञापनपत्रमा भने गडबडी भेटिएको थियो । दोस्रो प्रज्ञापनपत्रमा ५४० बोरा जिरा भनेर घोषणा गरे पनि जाचको क्रममा गाडीमा ७ सय बोरा जिरा फेला परेको भन्सार स्रोतले जनाएको छ । १४० बोरा जिरा अर्थात ४ हजार २ सय केजि बढी जिरा भेटिएपछी भन्सारले भन्सार ऎनको दफा ५७ बमोजिम जरिवाना गरेको हो ।

आरएन इन्टरप्राईजेजले ३ लाख १६ हजार ६१४ रुपैंयाको मात्रै प्रज्ञापनपत्रमा मूल्य घोषणा गरेर भन्सार पास गराउन खोज्दा सूचना बाहिरिएपछि भन्सार कार्यालयले निगरानी गरेको थियो । भन्सार जाँचपासका लागि थप परीक्षण गर्ने क्रममा गलत घोषणा गरेको पाईएको हो

भन्सार ऐन, २०६४ को दफा २० बमोजिम राजस्व, व्यापार, वस्तु वा अन्य क्रियाकलापको जोखिमलाई विचार गरी विभिन्न चार वटा मार्ग अनुरुप जाँचपास गर्न सकिने प्रावधान रहेको छ । रातो रंगको मार्गबाट पूर्ण सुरक्षित कागजपत्र सहित वस्तुको रुपमा भौतिक परीक्षण गरेपछि पुनः पीसीए गरिन्छ । त्यस्तै पहेंलो रंगको मार्गमा आयात निर्यातको कागजात पूर्ण रुपमा सुरक्षित परीक्षण हुने गरेको छ । यहि पहेंलो रंगको मार्गबाट जीरा पास गराउने क्रममा घोषित मूल्यभन्दा बढी सामान पास गर्न खोजेको पाईएपछि उक्त फर्मलाई जरिवाना गराईएको वीरगन्ज भन्सार कार्यालयले स्रोतले जनाएको छ ।

बिरगंज आईसीपी भन्सार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा उक्त जीरा पास गर्ने तयारी भएको स्रोतको भनाई छ । तर, सूचना चुहिएपछि भन्सार कार्यालयले आयात गर्ने फर्मलाई जरिवाना लगाएको छ । स्रोतका अनुसार उक्त फर्मले १ करोड भन्दा बढीको जीरा आयात गरेको थियो । त्यसमा मूल्य घोषणा भने ३ लाख १६ हजार ६ सय १४ को मात्रै देखाईएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयमा उक्त फर्मले गरेको गतिविधिको सूचना पाएपछि गरिएको निरीक्षणमा गलत घोषणा गरेको पाईएपछि जरिवाना गराईएको हो । बिरगंज आईसीपी भन्सार कार्यालयको खातामा ७० लाख ३९ हजार नौसय १४ रुपैंया दाखिला गरेको बिरगंज आइसीपी भन्सार कार्यालयले जनाएको छ ।

बिरगंज वडा न.१६ स्थित बाईपास रोडमा रहेको श्रीकान्त दुबेको फर्ममा ३ महिना अघि पनि उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा छापामारी गरेको थियो । सुभलक्ष्मी ट्रेडर्समा छापामारी हुदा मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनीया ४० केजिको १७५ बोरा जम्मा ७००० केजि र ५५५ ब्रान्डको ३० केजिको मेथी २१७ बोरा जम्मा ६५१० केजि फेला परेको थियो ।
तर जिल्ला प्रशासनमा पहिले देखि नै कार्यालय कै छेउ मा घर हुने कर्मचारि मार्फत सेटिङ्ग गरेर काम गरिरहेका दुबे को सामान सो बेला पनि छोडेकोमा अनुगमन टोलि मै संलग्न अरु कार्यालयका कर्मचारी पनि असन्तुष्ट रहेको बताए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...