जनताको जिवधनको सुरक्षा गर्न नसक्ने गैर जिम्मेवार , अप्राकृतिक गठबन्धन सरकार असफल भएको भन्दै अब तेस्रो जनआन्दोलन गर्ने :- आजपा अध्यक्ष साह

Date:

अजित कुमार भुजेल , बिरगंज ।जनताको जिवधनको सुरक्षा गर्न नसक्ने गैर जिम्मेवार सरकार रहेकोले यो सरकार अप्राकृतिक  , अनैतिक भएको आम जनता पार्टीका अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले आरोप लगाएका थिए ।

बिरगंजमा सोमबार पत्रकार भेटघाट कार्यक्रममा साहले अहिलेको अप्राकृतिक गठबन्धनको सरकार पूर्णरुपमा असफल भएको भन्दै  अहिलेको एमाले कांग्रेस सहितका दलहरुको सरकार गठन गर्ने बेलामा संविधान संसोधन र राजनीतिक स्थायीत्वका लागि भनिएपनि त्यो दुवै विषय अहिले सरकारको प्राथामिकतामा नपरेकोले सरकार असफल भएको बताए ।

अहिलेको सरकार संकटमा रहेको भन्दै आफ्नो मूल्यांकन गर्दा सरकार आफै फेल भएको जिकिर गरे । छिमेकी मुलुक भारतसँग दुईतिहाई आर्थिक कारोबार हुने गरेको भएपनि भारतसँगको राजनीतिक, कुटनीतिक र आर्थिक कुनैपनि सम्बन्ध राम्रो नरहेकोले यो चिन्ताको विषय बनेको धारणा राखेका थिए।

नागरिकको धनसम्पत्ति तोडफोड र लुटपाट भईरहाँदा समेन सुरक्षाकर्मीहरु नपुग्नु देशको राजधानी काठमाण्डौमै सरकारको उपस्थिति नदेखिएको बताए ।

जनताको जीऊधनको सुरक्षा गर्न नसक्ने गैरजिमेवार सरकार रहेको भन्दै साहले संघीय ब्यवस्था आए पछि सेवा प्रभावकारी हुनुपर्नेमा शिक्षा ऐन लगायतका ऐन कानूनहरु अहिलेसम्म ल्याउन नसक्दा सरकारको प्रभावकारिता नदेखिएको साहको भनाई थियो ।

बिरगंजको  सन्दर्भमा बोल्दै सांसद साहले कुनैपनि पूर्वाधार संरचनाको निर्माण र विकास हुन नसकेको बताए । नेपालीहरु विदेशमा दुख गरेर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानी रहेको अध्यक्ष साहले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...