अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रम पर्सा जिल्ला स्थित बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सम्पन्न भएको थियोे। ।
उक्त रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा बिरेन्द्र पटेल , उमेश साह, राजकिशोर,विपेन्द्र राउत,विजय साह तुर्हा,अमिर शर्मा,ललन साह , मनमोहन कुमार, प्रेमचन्द्र राम, रोशन साह, दिपेन्द्र पण्डित, अभिजित सहनि , गोण्डल पटेल,अनिल कु. सहनी लगायतकाले रक्तदान गरेका थिए। सोको जानकारी नेपाल रेडक्रस सोसाईटी रेशमकोठि उप शाखाका युवा संयोजक अभिलाष गुप्ताले दिएका थिए।
रामनगरीस्थित रेडक्रस सोसाइटी उपशाखाकै परिसरमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको आतिथ्यमा सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाका सभापति हरिन्द्र साहको अध्यक्षता तथा पर्सा शाखाका सभापति पटेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रममा स्थानीय समाजसेबि ,
बुद्धिजिबि लगायतको उपस्थिती रहेको थियो ।