अजित कुमार भुजेल , बिरगंज ।अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बीरगंजको घंटाघर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित ७७ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेमा श्रीकान्ति गिरि , अन्जलि कुमारि साह , गुल्फि डोमिन , सन्दिप साह , बलिराम गिरि , बृजकिशोर राय , अमित बैठा , दीपक चौधरी , हरिशंकर कानू, दीपेश कर्ण, प्रमोद प्रसाद चौहान , जितेन्द्र सरार्फ , बिरेन्द्र कन्ठ , दिपेश कुमार साह , रुपेश कुमार साह , भोला कुमार साह , एमडि सकिल खुर्सेद , बिमल पौडेल , सुरज यादव ,अजित कुमार मण्डल , मधुसूदन कनौडिया, केदार साह , उकेश जयसवाल,नरेंद्र तिवारी ,संजय पटेल लगायतले रक्तदान गरेका थिए ।
अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , बिशिस्ट अतिथिमा मधेस बिश्व बिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्य , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र , ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट , नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल , दिनानाथ रौनियार , सतिश सिंह , सामाजिक अभियन्ता प्रकाश थारु , उक्त रक्तदान कार्यक्रममा अभिभावक संग सदस्य, संचारकर्मी ,युवा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा रक्त संचार बिरगंजका सौरभ राज पाण्डे,नितेश यादव,विवेक यादव ,शिवम कुमार लगायतका टिमले प्राविधिक सहयोग गरेका थिए ।