अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजद्वारा बि.पी.सि.हाट बजार मेड इन बिरगंजको उद्घाटन समारोह सम्पन्न भएको छ। बिरगंजको मुर्लीबगैंचा वडा नम्बर १२ स्थित बिरगंज पब्लिक कलेजको नया भवनमा सो कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा बिरगंज पब्लिक कलेजका संस्थापक अध्यक्ष एवम् मधेश बिश्वविद्यालयका संस्थापक अध्यक्ष डा.दिपक शाक्य,पुर्व प्राध्यापक उपेन्द्र कोइराला,त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक बिजय सिलवाल,सि.जी.आई. मनिष दास, बिरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा बिरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक युगल किशोर साह ,क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ , प्रिन्सिपल हरिरत्न तुलाधर , कोडिनेटर बासु कर्ण एवम् विभिन्न मिडियाका संचारकर्मीहरु अभिलाष गुप्ता,अजित भुजेल,ज्योति लाल,सन्तोष साह,राजु बैठा ,सन्तोष पटेल, जाकिर हुसेन लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।
डा.दिपक शाक्यका भनाई अनुसार बिरगंज पब्लिक कलेजको २५ औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
सोहि अनुरुप स्थानीय बजारलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ सो कार्यक्रम बिगत दुई वर्ष देखि गर्दै आईरहेको तथा यो कार्यक्रमको मुख्य उदेश्य भनेको बिरगंजमा उत्पादन रहेका वस्तुहरुलाई बजारीकरण गर्ने कार्य रहेको जानकारी गराएका थिए।
त्यसै गरि सोहि कार्यक्रममा बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहले” मुकाम” नामक किताबको लोकार्पण गरेका थिए ।। बिरगंज महानगरपालिकाद्वारा प्रकाशित २० थान किताब बिरगंज पब्लिक कलेजको लाइब्रेरीमा राख्न र अध्ययन गर्नलाई दिईएको बताएका थिए।
सोहि कार्यक्रममा बिपिसिका विद्यार्थीहरुले ब्याच बितरण गर्नुका साथै नृत्य र गायन मार्फत उपस्थिति अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
बिरगंज पब्लिक कलेजका प्रिन्सिपल अरबिन्द श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए।